२०८१ मंसिर ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारी बजारका अतिक्रमित क्षेत्र नगरपालिकाले भत्काउँदै


मेचीनगर, मंसिर ११ । मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक अतिक्रमण गरेर निर्माण गरिएका घर, पसल लगायतका संरचना भत्काउन सुरु गरेको छ ।

आज बिहान ११ बजेबाट मेचीनगर-१० स्थित धुलाबारी बजारभित्र सडक अतिक्रमण गरेर बनाइएका घर टहराहरु मेचीनगर नगरपालिकाको डोजरले जनप्रतिनिधि र नगर प्रहरीको उपस्थितिमा भत्काउन थालेको हो ।

विश्व बैंकको सहयोगमा धुलाबारीबाट शान्तिनगर जोड्ने सडक फराकिलो रुपमा कालोपत्रे बन्न लागेको छ ।

त्यस सडकमा परेका अतिक्रमित संरचनाहरु हटाएको जनाइएको छ । हालसम्म करिब २०० मिटर क्षेत्र क्लियर गरिएको नगरपालिकाले जनाएको छ ।

विश्व बैंकको सहयोगमा धुलाबारीदेखि शान्तिनगर जोड्ने सडक फराकिलो रुपमा कालोपत्रे बन्न लागेको हुँदा अतिक्रमित संरचनाहरु हटाएर सडकको क्षेत्र खाली गरिएको वडा अध्यक्षहरुले स्थानीयलाई सम्झाएका थिए ।

विश्व बैंकको २७ करोड २१ लाख रुपैयाँको सहयोगमा धुलाबारीदेखि थोप्लेविरान वनसम्मको ५.३ किलोमिटर सडक दुई लेनसहित स्तरोन्नति हुने भएपछि आजदेखि मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक विस्तारका लागि डोजर चलाउन सुरु गरेको छ ।

मापदण्डबमोजिम सडक १२ मिटर चौडाई र त्यसको दुईतर्फी ड्रेन तथा लेन हुने मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालले बताए । धुलाबारी बजारमा सडकको क्षेत्र मिचेर बनाइएका ५२ वटा सटर हटाइने नगरपालिका स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer