दमक, मंसिर १३ । झापाको गौरीगञ्जमा आगलागी हुँदा छवटा बाख्रा मरेका छन् भने जलेर अन्य भौतिक क्षतिसमेत भएको छ ।
आज साँझ ६ बजे भएको आगलागीबाट गौरीगञ्ज-१ भन्सारटोलका नौलोसिंह थापाको ग्वाली जलेर नष्ट भएको हो ।
आगलागीबाट चारवटा बाख्रा जलेर मरेका छन् भने दुई बिघाको धान र विद्युतीय साइकल दुईवटा पूर्ण रुपमा जल्दा अन्दाजी २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भई सो आगलागी भएको बताइएको छ ।
गौरादह र शिवसताक्षी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो भर्खरै नियन्त्रणमा आएको गौरीगञ्ज १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।