बिर्तामोड, मंसिर १६ । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ ।
निगमले आज बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रतिकिलोलिटर काठमाडौँमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको हो ।
यसअनुसार अब पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५७.५० रुपैयाँ, काठमाडौँ, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ पर्नेछ ।