२०८१ मंसिर १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मेची आँखा अस्पतालका डक्टर जोशी नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा निर्वाचित


बिर्तामोड, मंसिर १६ । झापाको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डक्टर पुरुषोत्तम जोशी नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा निर्वाचित भएका छन् ।

काठमाडौँमा शनिबार सम्पन्न सोसाइटीको अधिवेशनबाट जोशी १९ औँ कार्यसमिति अध्यक्षमा निर्वाचित भएका हुन् ।

अघिल्लो कार्यकालमा महासचिव रहेका डक्टर जोशी २५२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डक्टर रवा थापाले १२१ मत प्राप्त गरिन् ।

त्यस्तै, सोसाइटीको उपाध्यक्षमा डक्टर रञ्जना शर्मा निर्वाचित भएकी छन् । उनले १८९ मत ल्याउँदा अर्की प्रत्यासी डक्टर रक्षा पन्त (सिटौला) ले १७० मत ल्याइन् ।

त्यस्तै, महासचिवमा डक्टर तेजसु सिंह मल्ल निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यषमा डक्टर कौशल पोखरेल र सहसचिवमा डक्टर रवीन्द्रसिंह ठकुरी पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सहकोषाध्यक्षमा भएको निर्वाचनमा डक्टर लिली राजवंशी निर्वाचित भएकी छन् । उनले २१० मत ल्याउँदा अर्का प्रत्यासी डक्टर सुरेश विक रसाइलीले १५३ मत ल्याए ।

सदस्यहरुमा डक्टर दीक्षा विष्ट, डक्टर पवन महत, डक्टर रचनासिंह राणा, डक्टर लिजा श्रेष्ठ जोशी, डक्टर सविन साहु, डक्टर मनिषा श्रेष्ठ, डक्टर कुमुदिनी सुवेदी र डक्टर आरती काराखेती निर्वाचित भएका छन् । कार्यसमितिको पदावधि २ वर्षको रहने सोसाइटीको विधानमा व्यवस्था छ ।

यसअघि सम्मेलनको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डक्टर चोपलाल भुषालले उद्घाटन गरेका थिए । आयोजक समितिको अध्यक्षमा प्राध्यापक डक्टर मीनु चौधरी र महासचिव डक्टर पुरुषोत्तम जोशी सचिव रहेका थिए ।

सम्मेलनमा विश्वका विभिन्न देशका करिब ४० जना आँखा विशेषज्ञहरुको सहभागिता रहेको थियो । नेपालका र विदेशबाट आएका करिब ७० जना चिकित्सकले सम्मेलनका विभिन्न सत्रहरुमा आँखा उपचारका क्षेत्रमा भएका नविनतम प्रयोग, आविष्कार र उपलब्धिहरुका बारेमा प्रस्तुति दिएका थिए ।

नेपाल अप्थाल्मिक सोसाइटी सन् १९८५ मा सुरु भएको आँखा विशेषज्ञहरुको एक मात्र छाता संगठन हो । यसले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलन गर्दै आएको छ ।

साथै, यस संस्थाले आँखा चिकित्सकहरुको हकहित प्रवर्धन र नीतिगत सुधारका लागि सरकारसमक्ष पहल गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer