२०८१ मंसिर १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीमा आज स्थानीय विदा


बिर्तामोड, मंसिर १७ । प्रसिद्ध धार्मिकस्थल सताक्षीधाममा नेपालकै पहिलो ५१ फिट अग्लो रुद्राक्षबाट बनेको पार्थिव शिवलिङ्गको अनावरण तथा गोरक्षा महोत्सवको उद्घाटनका लागि झापाको शिवसताक्षी नगरपालिकामा आज स्थानीय विदा दिइएको छ ।

नगरका प्रवक्ता बहादुर आङ्गबाले सताक्षीधाम नेपालकै प्रसिद्ध तीर्थस्थल भएको र यसले यस शिवसताक्षी नगरपालिकाको गरिमा उच्च राखेको बताए ।

गोरक्षा महोत्सव र नवनिर्मित पार्थिव शिवलिङ्गको अनावरणका लागि नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको उनले बताए ।

नगरपालिककाले बोर्ड बैठकबाट अत्यावश्यक सेवाबाहेक नगरका सबै वडा कार्यालय, स्वास्थ कार्यालय, शैक्षिक संस्थाहरुलाई विदा दिने निर्णय गरेको छ ।

बालाचतुर्दशी पर्वमा नगरपालिकाले अघिल्ला वर्षहरुमा पनि विदा दिँदै आएको थियो । यसपल्ट बालाचतुदर्शी पर्व शनिबार परेकाले पनि महोत्सव र शिवलिङ्ग अनावरणमा विदा दिइएको बताइएको छ ।

सताक्षीधाममा आजदेखि मंसिर २४ गतेसम्म गोरक्षा महोत्सव पनि सुरु हुँदैछ । उक्त स्थानमा नवनिर्मित सवा करोड रुद्राक्षबाट बनेको शिवलिङ्गको चताराधामका पीठाधिपति देवाचार्य बालसन्त महाराजको बाहुलीबाट अनावरण गरिने श्री सताक्षी गोलोक गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer