२०८१ मंसिर १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा सडक दुर्घटनामा घाइते दुईजनाको उपचारको क्रममा मृत्यु


बिर्तामोड, मंसिर १७ । झापामा छुट्टाछुट्टै सडक दुर्घटनामा घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

साइकलबाट लडेर र मोटरसाइकल दुर्घटनामा घाइते दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मंसिर ११ गते हल्दिबारी–५ का ४४ वर्षीय नवीन राई आफैँले चलाएको साइकलबाट लडेर घाइते भएका थिए ।
मादकपदार्थ सेवन गरी साइकलबाट लड्दा घाइते भएका उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बिएन्डसी अस्पताल बिर्तामोड लगिएको र उनको सोमबार बिहान पौन ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मंसिर ४ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–५ रतुवा पुलमा मे. १० प १४४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलको बायाँ भागमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कमल–५ का ३० वर्षीय रुपेश सुनुवार र सोही मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २८ वर्षीय नितेश राई घाइते भएका थिए ।

घाइते दुवैलाई सोही दिन निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको थियो ।

अस्पतालबाट मंसिर १६ गते दुवैजना डिस्चार्ज भई घर आएकोमा घाइते नितेश भोलिपल्ट पुनः बिरामी परेका थिए । उनलाई उपचारका लागि विराटनगर लगिएको र उपचारको क्रममा सोमबार बिहान पौने १० बजे मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer