२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


बिर्तामोड, मंसिर १८ । झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर-१० सहिदचोक बस्ने अन्दाजी ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको हो ।

धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको सो बसले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकलले बाटो क्रस गर्न खोज्दा ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते न्यौपानेलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

आज दिउँसो अन्दाजी १२ः३० बजे मेचीनगर-१३ तेलिबारीस्थित पूर्वपश्चिम राजमार्गमा बागमती प्रदेश ०१–००६ ख ४९०९ नम्बरको बस र मे. १० प ३५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

बस, बस चालक उदयपुर चौदण्डीगढी ६ बस्ने अन्दाजी ४२ वर्षीय विजयकुमार यादव र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा कात्तिक महिनामा सडक दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए । मंसिर महिनामा मात्र ६ जनाको दुर्घटनामा मृत्यु भइसकेको छ ।

झापामा तीन दिनदेखि टाइमकार्ड लागु भएको छ । तर, दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer