बिर्तामोड, मंसिर १९ । झापाको गौरादहमा आगलागी भएको छ । आगलागीबाट १५ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
हिजो राति ११ः४५ बजे गौरादह ४ डोरामारीमा भएको आगलागीबाट छवटा चौपाया जलेर मरेका छिन् । स्थानीय खड्गबहादुर कार्कीको जस्ताको छानो, सिमेन्टको पिलर भएको एकतले ग्वालीमा अचानक आगलागी भएको हो ।
आगलागीबाट ग्वालीमा भएका खसी एउटा, माउबाख्रा एउटा, पाठापाठी तीनवटा, गाईको बाच्छी जलेर मरेका छन् ।
त्यस्तै, एउटा गाई जलेर घाइते भएको छ । ग्वालीमा रहेको को. १९ प ४४९८, को. १९ प ६६७८ नम्बरको मोटरसाइकल, अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १५ लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी महारानीझोडाबाट खटिएका प्रहरी, गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति १२ः४० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।