
बिर्तामोड, मंसिर २० । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली सक्रिय छैन । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै, तराईंका केही स्थानमा हुस्सु लागेको छ।
आज सामान्यतया देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।






