
मेचीनगर, मंसिर २० । काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्षको चार महिनामा साढे १६ करोड रुपैयाँको भेनियर पत्ता निर्यात भएको छ ।


मेची भन्सार कार्यालय भन्सारका सूचना अधिकारी गणपति कडेलका अनुसार साउनदेखि कात्तिकसम्ममा काँकरभिट्टा नाका भएर १६ करोड ४५ लाख १२ हजार मूल्यबराबरको भेनियर पत्ता भारत निर्यात भएको छ ।


आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिनामा ४ करोड ८१ लाख ११ हजार रुपैयाँ मूल्यबराबरको भेनियर पत्ता निर्यात भएको थियो ।


गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २४१ दशमलव ९४ प्रतिशतले निर्यात व्यपारमा वृद्धि भएको हो ।
पहाडमा खेर गइरहेको कुकाठबाट झापालगायतका पूर्वी जिल्लाहरुमा मेसिनमा पेलेर भेनियर पत्ता बनाइन्छ ।

