
बिर्तामोड, मंसिर २१ । झापाको झापा गाउँपालिकामा अहिले साँझ सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।


स्थानीय धनबहादुर प्रधानका अनुसार झापा-३ को कामाटोलीबाट गैरीगाउँ जाने भित्री सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा जुध्दा दुर्घटना भएको हो ।


दुर्घटनामा झापा-३ का धनबहादुर पौडेलका छोरा ३४ वर्षीय सीताराम पौडेल र मोटरसाइकलमा पछाडि बसेकी १६ वर्षीया पेरिसा खतिवडा गम्भीर र घाइते भएका छन् ।


तालु सन्थालको घरअगाडि खेत जोतेर कामाटोलीतर्फ आउँदै गरेको मे. १ त ६०६२ नम्बरको ट्याक्टर र घर जाँदै गरेका पौडेलले चलाएको प्र १–०१–०१५ प ४०४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए ।
उनीहरुलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।


दुर्घटनापछि ट्याक्टर चालक भागेका छन् भने ट्याक्टर र मोटरसाइकल प्रहरी चौकी टाघनडुब्बाको नियन्त्रणमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
