२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

निर्माण व्यवसायी संघ झापाद्वारा निर्माण दिवसमा ब्ल्यांकेट वितरण


बिर्तामोड, मंसिर २२ । निर्माण व्यवसायी संघ झापाले रचनात्मक ढंगले १७ औँ राष्ट्रिय निर्माण दिवस मनाएको छ ।

संघले शनिबार झापाको कनकाईधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर आश्रममा आश्रय लिएर बसिरहेका दुई दर्जनजति बृद्धबृद्धालाई जाडोमा न्यानोका लागि ओढ्ने कम्बल (ब्ल्यांकेट) वितरण गरेर दिवस मनाएको हो ।

शनिबार बिहानै आश्रम पुगेका संघका अध्यक्ष मिलन बस्नेत, कोशी प्रदेश अध्यक्ष मोहनप्रसाद अधिकारी, अग्रज निर्माण व्यवसायी शेरबहादुर थापा, संघका पदाधिकारी–सदस्यलगायत निर्माण व्यवसायीहरुले कम्बल वितरण गरेका थिए ।

आश्रम परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच कम्बल वितरण गरिएको थियो । संघका अध्यक्ष बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव पुष्पराज निरौलाले गरेका थिए ।

संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा आश्रित बृद्धबृद्धालाई कम्बल वितरण गरेको महासचिव निरौलाले बताए ।

संघले निर्माण दिवसकै अवसर पारेर शनिबार नै झापाको धार्मिक तथा पर्यटकीयस्थल धनुषकोटीधामको वनभोजस्थलमा बृहत वनभोज पनि आयोजना गरेको संघका कार्यालय सचिव ज्योति पौडेलले बताए ।

निर्माण व्यवसायी संघ झापाको १६ औँ वार्षिक साधारणसभा तथा अधिवेशन आगामी पुस २१ र २२ गते बिर्तामोडमा गर्ने निर्णय भइसकेको छ ।

यो साधारणसभा तथा अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले झापाली निर्माण व्यवसायीमाझ चुनावी चहलपहल पनि सुरु भइसकेको छ ।

Adv footer