२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

मोटरसाइकल अनियन्त्रित हुँदा हल्दिबारीका खरेल घाइते


बिर्तामोड, मंसिर २२ । झापाको हल्दिबारीमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

आज दिउँसो २ बजे भएको दुर्घटनामा हल्दिबारी-४ बस्ने अन्दाजी ३५ वर्षीय उज्ज्वल खरेल गम्भीर घाइते भएका हुन् ।

हल्दिबारी–४ चुडाल चोकस्थित भित्री सडकखण्डमा अधिकारी चोकबाट मंगलबारे बजार जाने क्रममा प्र १–०१–०१४ प ५२५१ नम्बरको मोटरसाइकल आफैँ अनियिन्त्रत हुँदा खरेल गम्भीर घाइते भएका थिए ।

अनुहार र कुममा चोट लागेका खरेलको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । मोटरसाइकल नियन्त्रणमा लिई प्रहरी चौकी जलथलमा राखिएको छ ।

Adv footer