
दमक, मंसिर २५ । झापाको कमल-५ पाडाजुँगीमा मंलमय माध्यमिक विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ (पिटिए) गठन गरिएको छ ।
चार सदस्यीय विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा शोभा तिम्सिना, तोमप्रसाद बाँस्कोटा, सावित्रा उप्रेती दाहाल, हरिलाल ताजपुरिया रहेका छन् । समितिको बैठकले समितिलाई पूर्णता दिनेछ ।
त्यस्तै, भेलाले प्रेमबहादुर कार्की, गंगा मेचे, कमला खड्का, पुण्यप्रसाद खतिवडा, अमित थापा, कर्णविक्रम दाहाल र शान्तिराम खतिवडा रहेको सात सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ ।
सदस्यहरुबीच आगामी बस्ने बैठकले अध्यक्ष लगायतका पदाधिकारीहरु चयन गरिने शिक्षक देवराज बस्नेतले जानकारी दिए ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेको अध्यक्षतामा विद्यालयमा आयोजित अभिभावक भेलाले सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरेको हो ।
भेलामा वडा अध्यक्ष एलबी विष्ट, विद्यालयका निवर्तमान अध्यक्ष तीर्थ थापालगायतले बोलेका थिए ।
२०२८ सालमा स्थापना भएको सो विद्यालयमा अंग्र्रेजी माध्यममा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको प्रधानाध्यापक मोहन बगालेले बताएका छन् ।