
बिर्तामोड, मंसिर २५ । मानवअधिकार दिवसको अवसर पारेर झापाको बिर्तामोडमा प्रभातफेरी निकालिएको छ ।


मानव अधिकार सञ्जाल झापाको आयोजनामा बिर्तामोडको मुक्तिचोकबाट सुरु भएको प्रभातफेरीले बिर्तामोड चोकको परिक्रमा गरेको थियो ।


प्रभातफेरीमा एसएनजेडी, एम्नेस्टी इन्टनेसनल, सुरुवाती कोठा नेपाल, नारी सञ्चार गृह झापा, गोमेन्द्र बहुमुखी क्याम्पस, आदर्श स्कुल अफ मेनेजमेन्ट, इक्होम कलेजको सहभागिता रहेको सञ्जालका झापा अध्यक्ष डक्टर रुपक खनालले जानकारी दिए ।

