२०८१ पुष १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जाडोमा सेतो तिलका फाइदा


बिर्तामोड, मंसिर २६ । जाडोमा सेतो तिलको सेवन स्वास्थ्यका लागि एकदमै धेरै फाइदा हुन्छ । यसका बीजमा भिटामिन तथा मिनरल्सको मात्रा अत्यधिक हुन्छ, जसले शरीरलाई कैयौँ बिमारीहरूबाट टाढा राख्ने गर्छ । यसका फाइदाहरूका बारेमा विस्तारमा जान्नुहोस् :

सेतो तिलमा फाइबर, मिनरल्स, आइरन, क्याल्सियम, जिंक, नियसिन जस्ता पोषक तत्त्वहरू पाइन्छन्, जसले शरीरमा ऊर्जा प्रदान गर्छ ।

यदि तपाईं उच्च रक्तचापको समस्याले ग्रस्त हुनुहुन्छ भने सेतो तिलको सेवन गर्नुहोस् । यसमा पाइने म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

सेतो तिल मुटु रोगी तथा मुटुका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्ट तथा एन्टिइन्फ्लामेटरी गुणले मुटुलाई स्वस्थ राख्छ ।

सेतो तिलको सेवनले तनाव कम हुन्छ । यसका बीजमा पाइने गामा टोकोफेरोलले शरीरमा भिटामिन ई को कमिलाई पूरा गर्छ, जसले तपाईंको मानसिक स्वास्थ्यलाई फाइदा गर्छ ।

सेतो तिलको सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । जसले गर्दा तपाईं छिटो बिरामी हुनबाट बच्नुहुन्छ । यसले सम्पूर्ण शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer