२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

कमलमा सडक दुर्घटनामा पाँचजना घाइते


बिर्तामोड, मंसिर २९ । झापाको कमल गाउँपालिकामा एक अनियन्त्रित यात्रुबाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन् ।

आज बिहान अन्दाजी ११ः२७ बजे कमल ५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा बस चालक मोरङ कटहरी ३ बस्ने ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक दमक ९ बस्ने अन्दाजी ५० वर्षीय राम गुरागाईं, सोही सिटी सफारीमा बसेका कमल ३ बस्ने २८ वर्षीया सुनिता सहनी, डब्ल्युबी ७४ एएक्स २८२९ नम्बरको कार चालक भारत सिलिगुडी बस्ने ३२ वर्षीय गोपाल अग्रवाल र प्रदेश १–०१–००२ च ८४० नम्बरको कार चालक संखुवासभा थोतखोला २ बस्ने ३७ वर्षीय टेनहेडर भोटे घाइते भएका छन् ।

सामान्य घाइतेहरुको निम्स अस्पताल दमक र गम्भीर घाइतेहरुलाई बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए ।

दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९७०६ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो ।

सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्ल्युबी ७४ एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश १–०१–०२ ह ९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको हो ।

Adv footer