२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गुणस्तरीय कृषि सहकारीको शेयर पुँजी सवा ६२ लाख


बिर्तामोड, मंसिर २९ । झापाको बिर्तामोडमा रहेको गुणस्तरीय कृषि सहकारी संस्थाको शेयर पुँजी ६२ लाख ३२ हजार ४०० रुपैयाँ पुगेको छ ।

संस्थाको आज अर्जुनधारास्थित हलुवागढमा सम्पन्न नवौँ वार्षिक साधारणसभामा अध्यक्ष कर्णबहादुर पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाले ४ लाख ६१ हजार ७१८ रुपैयाँ नाफा गरेको छ ।

त्यस्तै, संस्थाले एक करोड ४४ लाख ४२ हजार ५२१ रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष पौडेलले बताए ।

कार्यक्रमको अवसरमा असल बचतकर्ता शर्मिला तामाङ र असल कर्जातर्फ विष्णुमाया भट्टराईलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

झापा जिल्ला सहकारी संघका सदस्य तथा स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न साधारणसभामा वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाक, मिलनसार साकोसका उपाध्यक्ष अजयकुमार देव, संस्थाका सल्लाहकार संयोजक गोपालप्रसाद लामिछानेले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका सचिव दिनेशकुमार पोखरेलले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य ममता गुरुङले स्वागत गरेकी थिइन् ।

साधारणसभाको अवसर पारेर वनभोज कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न रमाइलो प्रतियोगिताहरु गरिएको थियो ।

Adv footer