बिर्तामोड, मंसिर ३० । झापासहित नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ ।
शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको छ ।