२०८१ पुष ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता लेडी जेसिज लफडाः निर्वाचन समितिले माग्यो माफी


बिर्तामोड, पुस २ । निर्वचन समितिका कारण विवादित भएपछि वीरता लेडी जेसिजको पछिल्लो निर्वाचन समितिले निर्वाचन गराउँदा त्रुटि भएको स्वीकार गर्दै माफी मागेको छ ।

निर्वाचन समितिले माइन्युट लेख्ने क्रममा माइन्युटमा मतसम्बन्धी विवरण उल्लेख हुन गएको र यसबाट पर्न गएको असरप्रति माफी मागेको हो ।

निर्वाचन अधिकृत संगीता गिरी, सदस्यहरु संगीता चिमरिया र सरु भुर्तेल खनालले आज विज्ञप्ति निकालेर निर्वाचन समितिले आग्रह–पूर्वाग्रह नराखेको र कसैको मानहानि नगरेको स्पष्ट पारेका छन् ।

उनीहरुले जेसिजको विधि विधान र निर्वाचनसम्बन्धी स्थापित मान्यताहरुलाई अवलम्बन गरी निर्वाचन समितिलाई सुम्पिएको जिम्मेवारी पूरा गरेको बताएका छन् ।

सन् २०२५ का लागि भएको निर्वाचनमा मतदान नै नभई मत संख्या उल्लेख भएपछि विवाद सार्वजनिक भएको थियो ।

अध्यक्ष पदका लागि झुमा भट्टराई चुडाल र निशा शाक्यको उम्मेदवारी परेको थियो । निर्वाचनको दिन मनोनयन पत्रमा चुडालले आफ्नो उम्मेदवारी फिर्ता भएको भनी हस्ताक्षर गरेकी थिइन् ।

तर, निर्वाचन समितिले कुल मतदाता संख्या (८२) ले नै निशा शाक्यको पक्षमा मत दिएको र चुडालको पक्षमा शून्य मत झरेको भनी माइन्युट लेखेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer