२०८१ पुष ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

खरेलद्वारा जन्मदिनमा वाणिज्य संघको कोषलाई २१ हजार प्रदान


बिर्तामोड, पुस २ । नेपाल औषधि व्यवसायी संघ झापाका पूर्वउपाध्यक्ष प्रदिप खरेलले आफ्नो जन्मदिनको अवसरमा ‘व्यवसायी राहत कोष’ का लागि २१ हजार एक रुपैयाँ प्रदान गरेका छन् ।

प्रदिप फार्मेसीका सञ्चालक, लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष एवम् रिभर साइड युथ फाउन्डेसनका उपाध्यक्ष खरेलले आफ्नो जन्मदिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका हुन् ।

व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको कोषका लागि उनले २१ हजार एक रुपैयाँ प्रदान गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।

सहयोग प्रदान गर्न श्रीमती पवित्रादेवी शिवाकोटी खरेललाई सँगै लिएर खरेल संघको कार्यालयमा आएका थिए । बिर्तामोड वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकीको समेत उपस्थितिमा खरेलको जन्मदिन संघले केक काटेर मनाएको थियो भने उनलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

राहत कोषका लागि सहयोग प्रदान गर्ने खरेलको उच्च प्रशंसा गर्दै संघका अध्यक्ष राजु न्यौपानेले कदरपत्र प्रदान गरेका थिए ।

राहत कोषका लागि रकम संकलन गर्दै एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्यसहित संघको यो नेतृत्व अघि बढेको संघका महासचिव कुशल खतिवडाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer