
बिर्तामोड, पुस ६ । आज कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । झापासहित तराईका मोरङ, सुनसरीमा आज बिहान हल्का हुस्सु लागेको थियो ।


प्रदेशमा राति पनि एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ ।


यद्यपि बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोसमेत लागेको छ ।