२०८१ चैत्र ३० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको राष्ट्रपति रनिङ शिल्डमा महेन्द्ररत्न प्रथम


बिर्तामोड, पुस १२ । बिर्तामोडमा आयोजित अन्तरविद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्ररत्न मावि बिर्तामोड ३ प्रथम भएको छ ।

पुस ९ गतेदेखि आयोजित प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम भएको हो । त्यस्तै, निधि मावि बिर्तामोड २ दोस्रो र महेन्द्रज्योति मावि बिर्तामोड १० तेस्रो भएका छन् ।

प्रतियोगितामा महेन्द्ररत्नले ११ स्वर्ण, ९ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । निधिले १० स्वर्ण, ४ रजत र ३ कास्य तथा महेन्द्रज्योतिले १० स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ । उनीहरुले क्रमशद्य २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयी विद्यालय र विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकी र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Adv footer