२०८१ चैत्र ३० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अरनिको प्राविका विद्यार्थीलाई सिम्रिक साकोसको ब्याग


बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकाको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई ब्याग वितरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि कमल ७ का वडा अध्यक्ष पृथ्वीपति राईले खुसी व्यक्त गरे ।

विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउन सामाजिक उत्तरदायित्वअन्तर्गत १०० थान स्कुल ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाको आफ्नो कार्यक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका विपन्न १० हजारभन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा विद्यालयको प्रधानाध्यापक मिनादेवी लावतीले सहकारी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा राखिन् । उनले सिम्रिकले गरेको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहज हुने बताइन् ।

झापा सहित ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले लामो समयदेखि समाज र समुदायको हित र उन्नतिमा विभिन्न सेवामुलक कार्यक्रम गर्दै आएको छ ।

Adv footer