२०८१ पुष १७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

प्रेस सेन्टर झापाको अध्यक्ष पुष्प खड्का


बिर्तामोड, पुस १४ । प्रेस सेन्टर नेपालको १० औँ जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ । समिति पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो ।

अधिवेशनले डण्डीराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापामा निर्वाचित कार्यसमितिका पदाधिकारी सचिव राजु पाठक र सदस्य सन्तोष शर्मालाई सम्मान गरेको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु आचार्य (अग्नि) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टी केन्द्रीय कमिटी सदस्य भवानी दङ्गाल, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रीय कमिटी सचिव विमल लामिछानेले प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य लीलाराज खड्का, प्रदेश उपाध्यक्ष डण्डीराज घिमिरेले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए ।

राजु पाठकको अध्यक्षमा सम्पन्न अधिवेशनमा सचिव खड्काले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खड्काले संगठनले निर्माण गरेको डिकौडिन्य अक्षयकोषको अभियानलाई निष्कर्षमा पुर्‍याउनेसहित वार्षिक कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विमल लामिछानेले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पुष्प खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer