२०८१ पुष १८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कमलको मंगलमय माविका विद्यार्थीको कान परीक्षण


दमक, पुस १५ । झापाको कमलस्थित पाडाजुँगीमा रहेको मंगलमय माविका विद्यार्थीका लागि निःशुल्क कान परीक्षण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी कमल उपशाखा तथा युवा रेडक्रस सर्कलको आयोजना तथा किओच दमक बाल अस्पतालको प्राविधिक सहयोगमा ११७ जना विद्यार्थीको कान परीक्षण गरिएको शिक्षक देवराज बस्नेतले बताए ।

शिविरबाट विद्यालयमा आवासीय रुपमा रहेका सुस्तश्रवण विशेष कक्षाका ३२ जना र अन्य ८५ जना विद्यार्थीको कान परीक्षणसहित आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको रेडक्रस उपशाखाका सचिव पारषमणि राईले बताए ।

शिविर उद्घाटनमा रेडक्रस कमलका सभापति चन्द्र साह, विद्यालयका प्रधानाध्यापक मोहन बगाले, विद्यालयका अध्यक्ष टिकाराज सापकोटा, किओचका चिकित्सकहरु, शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

किओचमा केही महिनादेखि कान नसुन्ने बिरामीका लागि आवश्यक उपकरणमार्फत स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।

Leave a Reply

Adv footer