२०८१ पुष १८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

विराट भरत विश्रान्तिको अध्यक्षमा डिल्लीप्रसाद प्रसाईं


बिर्तामोड, पुस १५ । झापाको बिर्तामोडमा रहेको विराट भरत विश्रान्तिको अध्यक्ष समाजसेवी डिल्लीप्रसाद प्रसाईं निर्विरोध निर्वाचित भएका छन् ।

बिर्तामोड-३ विराटपोखरीसँगै रहेको संस्थाको आज भएको निर्वाचन कार्यक्रममा अध्यक्षसहित सबै पदमा एकएकजनाको मात्र उम्मेदवारी दर्ता भएपछि निर्विरोध कार्यसमिति निर्वाचित भएका छ ।

समितिको उपाध्यक्षमा कुलप्रसाद संग्रौला, महासचिवका गोपीकृष्ण प्रसाईं, सचिवमा कञ्चना ढकाल सिटौला, कोषाध्यक्षमा सैलेन्द्र सिटौला र सहकोषाध्यक्षमा मनिष सहेवाला निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा बुद्धिप्रसाद घिमिरे, मनबहादुर पाहिम, मिजास पोखरेल, मिरा कार्की खड्का र मेघराज बाँस्तोला छन् ।

संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

Leave a Reply

Adv footer