२०८१ पुष १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका घिमिरे उद्योग तथा व्यापार केन्द्रीय विभागमा मनोनित


बिर्तामोड, पुस १६ । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष तथा नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय सदस्य सञ्जीव घिमिरे नेपाली कांग्रेसको उद्योग तथा व्यापार केन्द्रीय विभागमा मनोनित भएका छन् ।

बिर्तामोडका सफल उद्यमीका रुपमा परिचित घिमिरेलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागको सदस्यमा मनोनयन गरेका हुन् ।

घिमिरेले रोटरी तथा जेसिज जस्ता संस्थामा समेत रहेर रचनात्मक काम गरेका छन् । उनीसँगै उक्त विभागमा १० जनालाई मनोनयन गरिएको हो ।

Leave a Reply

Adv footer