बिर्तामोड, पुस १६ । झापाको बिर्तामोडमा १५ दिने निःशुल्क बारिस्टा तथा सुसी तालिम सुरु भएको छ ।
बिर्तामोड-३ का युवाहरुलाई व्यावहारिक तथा व्यावसायिक सिप दिने उद्देश्यले तालिम सुरु गरिएको आयोजक संस्थाका आदर्श स्कुल अफ मेनेजमेन्टका निर्देशक संजोग खरेलले जानकारी दिए ।
२० हजार रुपैयाँसम्म शुल्क पर्ने तालिम वडाका युवालाई प्रोत्साहनस्वरुप तथा स्कुलको सामाजिक उत्तरदायित्वलाई बहन गर्न कार्यक्रम गरिएको खरेलले बताए ।
बिर्तामोड-३ नम्बर वडा कार्यालयको सहयोग तथा सुरुवाती कोठा नेपाल झापाको संयोजनमा भएको तालिममा बिर्तामोड ३ का ३० जना युवाको सहभागिता रहेको छ ।
कार्यक्रममा बिर्तामोड-३ की सदस्य लक्ष्मी रोक्काले शुभकामना व्यक्त गरेकी थिइन् । तालिममा सेफ मनिष अर्याल उपाध्यय, सुमन मगरले सहजीकरण गर्नेे आदर्श स्करलका आउटरिच कोर्डिनेटर दिपक दासले जानकारी दिए ।