२०८१ पुष १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढी विमानस्थलको आम्दानी ८ करोड १७ लाख


बिर्तामोड, पुस १६ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०८०-८१ मा चन्द्रगढी विमानस्थलले उक्त रकम आम्दानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।

नेपालमा सञ्चालनमा रहेका मध्य आठवटा विमानस्थलको आम्दानी १ करोडभन्दा माथि छ । त्यसमा धनगढी, भरतपुर, जनकपुर, सिमरा, लुक्ला, सुर्खेत र रामेछाप विमानस्थल पर्छन् ।

प्राधिकरणका अनुसार देशभर रहेका त्रिभुवन विमानस्थल बाहेकका ३४ वटा विमानस्थलको आम्दानी १ अर्ब ३४ करोड छ । त्यसमा पोखरा विमानस्थलले ३४ करोड ९३ लाख रूपैयाँ कमाएको छ ।

Leave a Reply

Adv footer