२०८१ पुष २१ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा भाक्का दिवसको तयारी सुरु


बिर्तामोड, पुस १९ । पूर्वी तराईका राजवंशी, ताजपुरिया, गनगाईलगायतका आदिवासी जातिको मौलिक परिकार भाक्कालाई प्रवर्धन गर्नका लागि सुरु गरिएको भाक्का दिवसका अवसरमा विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको छ ।

भाक्का दिवसको अवसरमा पूर्वेली मजदुर यातायात प्रालि र बन्दगी युवा परिवारले भोलि शनिबार विराट सहकारी भवनअगाडि भाक्का उत्सव आयोजना गर्दैछन् ।

मौलिक परिकार भाक्कालाई प्रवर्धन गर्नका लागि भाक्का उत्सव आयोजना गरिएको पूर्वेली मजदुर यातायात प्रालिका हरि बाँस्कोटाले बताए । बिर्तामोड-३ का वडा सदस्यसमेत रहेका बास्कोटाले भोलि बिहान ६ बजेदेखि भाक्का खुवाउने कार्यक्रम रहेको जानकारी दिए ।

त्यस्तै, अभय राजवंशी नेतृत्वको कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्था र राजवंशी समाज विकास समितिले पुस २९ गते बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भाक्का दिवस आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई सम्मान गर्ने बताइएको छ । गायिका रचना रिमालको प्रस्तुतिसमेत रहेको छ ।

त्यस्तै, उत्तम राजवंशी जिल्ला अध्यक्ष रहेको अर्को राजवंशी समाज विकास समितिले एक दिनअगावै पुस २८ गते भद्रपुरमा भाक्का उत्सव गर्ने जनाएको छ ।

Comments are closed

Adv footer