बिर्तामोड, पुस २० । मोफसलको प्रतिष्ठित तथा स्थापित फुटबल प्रतियोगिता झापा गोल्डकपको अधिवेशन यही पुस २९ गते हुने भएको छ ।
गोल्डकप कार्यसमितिको निर्णयअनुसार नयाँ नेतृत्व चयनका लागि पुस २९ गते साधारणसभा तथा चुनावी अधिवेशन तय गरिएको अध्यक्ष विनोद बस्नेतले बताए ।
गोल्डकपको विधानअनुसार कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित छजना पदाधिकारी रहनेछन् ।
त्यस्तै, कार्यसमितिमा आठजना सदस्य रहने विधानतः व्यवस्था रहेको बस्नेतले जानकारी दिए ।
झापा गोल्डकपले हालसम्म नेपालका ए डिभिजन क्लबसहितको छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
Comments are closed