२०८१ पुष २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

व्यवसायी राहत कोषमा विन्दलको २१ हजार सहयोग


बिर्तामोड, पुस २२ । नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोडका व्यवसायी इन्द्रचन्द्र विन्दलले आफ्नो जन्मदिनमा व्यवसायी राहत कोषमा सहयोग गरेका छन् ।

बालाजी इन्टरनेसनलका सञ्चालक समेत रहेका विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा २१ हजार रुपैयाँ प्रदान गर्दै आफ्नो जन्मदिन मनाएका हुन् ।

संघले व्यवसायीका लागि एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ । आपतविपद्मा परेका व्यवसायीलाई सहयोग पु¥याउन सकियोस् भन्ने उद्देश्यले संघले कोष स्थापना गरेको र संघको कार्य सह्रानीय भएको भन्दै विन्दलले जन्मोत्सवको अवसरमा रकम सहयोग गरेको बताए ।

विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा संघले विन्दललाई कदरपत्र सहित सम्मान गरेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमबीच विन्दललाई कदरपत्रद्वारा सम्मान गरिएको संघका महासचिव कुशल खतिवडाले बताए ।

Comments are closed

Adv footer