बिर्तामोड, पुस २२ । झापाको शिवसताक्षी नगरपालिकाका सबै वडामा अटिजम भएका बालबालिकाहरु भेटिएका छन् ।
नगरमा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचयपत्र वितरण शिविरमा शिवसताक्षीका ११ वटै वडामा अटिजम भएका बालबालिकाहरु भेटिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
शिवसताक्षी नगरपालिकाका सहकारी प्रमुख तथा शिविरका संयोजक बद्री दाहालका अनुसार नगरका प्रत्येक वडामा १२ देखि १५ जना अटिजम भएका बालबालिकाहरु भेटिएका छन् ।
उनले शिवसताक्षीमा अटिजम भएका बालबालिकाहरुको तथ्यांक नगरपालिकासँग नभएको जानकारी दिए । उनका अनुसार शिविर सञ्चालनका क्रममा स्वास्थ्य परीक्षणका लागि आएका धेरै बालबालिकाहरुमा अटिजम देखिएकोे छ ।
अटिजमको संख्या देखिएसँगै त्यस्ता बालबालिकाहरुलाई अध्ययन गराउने, थेरापी गराउने, उनीहरुलाई सामान्य अवस्थामा ल्याउनका लागि आवश्यक सामग्रीहरु नभएका कारण समस्या भएको अभिभावकहरु बताउँछन् ।
नगरका कपितय अभिभावकलाई आफ्ना छोरा छोरीहरुलाई अटिजम भएको भन्नेबारे थाहै छैन । उनीहरुले नानीहरुलाई अस्पतालसम्म लगेका छैनन् । उनीहरु अटिजमसम्बन्धी अनविज्ञ छन् ।
Comments are closed