२०८१ पुष २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

निर्माण व्यवसायीकाे चुनाव: केदार गिरीसहित चारजना निर्विरोध


बिर्तामोड, पुस २२ । नेपाल निर्माण व्यवसायी संघ झापाको प्रथम उपाध्यक्षमा केदार गिरीसहित चार पदमा निर्विरोध निर्वाचित भएका छन् ।

संघको १६ औँ अधिवेशनबाट कञ्चन निर्माण सेवा बिर्तामोडका सञ्चालक गिरीसहित द्वितीय उपाध्यक्षमा भद्रपुरका राजकुमार राई, सचिवमा शिवसताक्षीका लोकेन्द्र श्रेष्ठ र महिला सदस्यमा बुद्धशान्तिकी कमला थाम्सुहाङ निर्विरोध निर्वाचित भएका हुन् ।

संघको आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा चार पदमा एकएकजनाको मात्र उम्मेदवारी दर्ता भएकाले उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गोपालबहादुर थापाले जानकारी दिए ।

संघको यो अधिवेशनमा ३७४ मतदाता रहेका छन् । आज नै उम्मेदवारमाथि दाबी विरोध र फिर्ता गर्ने कार्यक्रम रहेको थापाले बताए । भोलि बिहान ८ः३० बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ ।

१६ औँ अधिवेशनमा अध्यक्ष पदका लागि इन्जिनियर प्रकाशकुमार सिंह र रमेश अधिकारीले उम्मेदवारी दिएका छन् । तृतीय उपाध्यक्षमा गोपालबहादुर बस्नेत र नयन बराल, महासचिवमा पुष्पराज निरौला र ओम पौडेल भिड्ने भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा चन्द्र खत्री, यज्ञनिधि भुर्तेल र रमेश सेढाईं तथा सहकोषाध्यक्षमा एंगल गुरुङ, सुरेश भट्टराई र सुरेन्द्र धिमालले उम्म्दवारी दिएका छन् ।

त्यस्तै, सदस्यहरुमा मनोज उप्रेती, हेडम्बराज निरौला, अक्षयकुमार देव, रमेश भण्डारी, गंगाप्रसाद गौतम, रोशन कार्की, प्रविण कटवाल, ज्ञानबहादुर तामाङ, इन्जिनियर विवेक जवेगु, भरत भट्टराई, दिनेश मैनाली, उद्धव कुँवर, गोविन्दप्रसाद घिमिरे, आशिष बान्तवा र इन्जिनियर डालिम खड्काले उम्मेदवारी दिएका छन् ।

निर्वाचनबाट आठजना पदाधिकारी, एक महिलासहित ११ जना सदस्य चयन हुने प्रावधान छ ।

Comments are closed

Adv footer