बिर्तामोड, पुस २३ । आज बिहान झापासहित नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्रायस् ठाउँमा धक्का दिएको छ ।
तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठुलो धक्का दिएको छ । भूकम्पले नेपालसहित भारत, भुटान बंगलादेश र चीनमा प्रभाव परेको भूकम्प मापन केन्द्रले झापा टुडेलाई जानकारी दियो ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् ।
Comments are closed