२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा उद्योग संघद्वारा कचनकवलका विद्यार्थीलाई स्वेटर


बिर्तामोड, पुस २३ । झापाली उद्योगीहरुको छाता संस्था झापा उद्योग संघले कचनकवल गाउँपालिकाको एक सामुदायिक विद्यालयका द्यिार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरेको छ ।

संघले कचनकवल–४ को शारदा प्राथमिक विद्यालयमा अध्ययनरत १८० विद्यार्थीलाई स्वेटर वितरण गरेको हो । चिसो मौसममा पनि स्वेटर नलगाई विद्यालय आएका विद्यार्थीहरु दाताबाट स्वेटर पाउँदा निकै खुसी देखिन्थे ।

विद्यालयमा आदिवासी तथा मुस्लिम समुदायका अति विपन्न परिवारका बालबालिका अध्ययन गर्न आउने प्रधानाध्यापक रामप्रसाद गणेशले जानकारी दिए ।

विद्यालय परिसरमा संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, कोशी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था तथा सहकारीमन्त्री ओमप्रकाश सरावगी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् संघका पूर्वअध्यक्ष टिकाराज ढकाल, संघका सचिव प्रदीपमणि रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मरगुब आलमलगायतले विद्यार्थीलाई स्वेटर वितरण गरेका थिए ।

Adv footer