बिर्तामोड, पुस २४ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दिवंगत शेयर सदस्य केलावती राजवंशीको ७५ हजार ६०० रुपैयाँ ऋण मिनाहा गरेको छ ।
उनको चौथो पुण्यतिथिको अवसरमा उनलाई सम्मान गर्दै संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणमध्ये सो रकम मिनाहा गरिएको कर्णाली सहकारीका उपाध्यक्ष रामकुमार गौतमले जानकारी दिए ।
कार्यक्रममा संस्थाका सचिव भूपाल बस्नेतका अनुसार मृतक परिवारलाई सहकारीको नियमअनुसार ६ हजार पनि हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बनियानी सेवा केन्द्रका संयोजक, सदस्यहरू, तथा सहकारीका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो । गत पुस ७ गते तारावनामा जङ्गली हात्तीले आक्रमण गर्दा राजवंशीको निधन भएको थियो ।
हात्तीको आक्रमणले उनको बायाँ हातमा गहिरो चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको थियो । गम्भीर घाइते अवस्थाको उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथिभरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
Comments are closed