२०८१ पुष २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

तराईमा बाक्लो हुस्सु, न्यूनतम तापक्रम ११ डिग्री


बिर्तामोड, पुस २५ । हाल तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोको कारण तराई मधेशको जनजीवन प्रभावित बनेको हो ।

दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्न थालेपछि तराई मधेशका धेरै बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् ।

मौसम विज्ञान विभागका अनुसार मंगलबारदेखि नै तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा हुस्सु र कुहिरोले सवारी साधन चलाउनसमेत समस्या भएको छ ।

तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्ने मौसमविदले बताएका छन् । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

हाल झापासहित पूर्वी तराईको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ । आज झापामा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस पुग्नेछ ।

Comments are closed

Adv footer