२०८१ पुष २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कक्षा ११ र १२ को मौका परीक्षामा डेढ प्रतिशतको मात्र आवेदन


बिर्तामोड, पुस २५ । २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएकोमा अत्यन्त न्यून विद्यार्थीले मात्र आवेदन दिएका छन् ।

विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका उनीहरुलाई कक्षा ११ र १२ को मौका परीक्षाका लागि अवसर दिएको थियो ।

बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीलाई परीक्षामा सहभागी हुने मौका दिएको थियो ।

बोर्डको तथ्यांकअनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख छन् ।

तर, परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन् । बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ ।

Comments are closed

Adv footer