२०८१ पुष २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

जाडोमा औँला किन निलो भएर सुन्निन्छ ?


बिर्तामोड, पुस २५ । पुस माघको महिनामा चरम जाडो हुन्छ । यी दिनहरूमा हावामा हिउँको चिसो हुने गर्छ ।

यस मौसममा पानीमा काम गर्दा र केही लापरबाही गर्दा हात र खुट्टामा सुन्निने हुन सक्छ । कहिलेकाहीँ औँलाहरू चिसोले निलो र रातो हुन्छ ।

कडा जाडोमा औँलाहरू सुन्निएर रातो हुन थाल्छ । सुन्निएपछि औँलाहरूमा धेरै चिलाउने हुन्छ र कहिलेकाहीँ पोल्ने पनि हुन सक्छ ।

यदि तपाईंलाई पनि यो समस्या भइरहेको छ भने के गर्नुपर्छ थाहा पाउनुहोस् । वास्तवमा जाडो याममा तापक्रम घट्ने कारणले नसाहरू खुम्चिन थाल्छ । जसले गर्दा रक्त सञ्चार ढिलो हुन्छ । खुट्टासम्म रगतको प्रवाह अझै ढिलो हुन्छ । जसले गर्दा सुन्निन थाल्छ ।

औँला सुन्निए के गर्ने ?

सबैभन्दा महत्त्वपूर्ण कुरा जाडोमा बिहान उठेर केही समयको लागि स्ट्रेचिङ्ग गर्नुहोस् । ओछ्यानबाट उठेपछि व्यायाम गर्नुहोस् । यसले शरीरको तापक्रम सही राख्छ । दैनिक व्यायाम गर्नुहोस्, जसले रक्त सञ्चार राम्रो हुन्छ । यसबाहेक शरीर चलिरहनुपर्छ ।

दैनिक हिँड्नुहोस्, कुनै आउटडोर खेल खेल्नुहोस्, जसले तपाईंको शरीरको रक्त सञ्चार राम्रो हुनेछ । यसले औँलाहरूमा सुन्निने समस्या हुँदैन ।

घाममा केही बेर बस्नुहोस्, हातमा क्रिम र मोइस्चराइजर लगाइरहनुहोस् । धेरै चिसो पानीमा हात हाल्नबाट बच्नुहोस् । घाउ वा चिलाउने धेरै भएमा डाक्टरलाई देखाउनुहोस् ।

शरीरमा कहीँ पनि सुन्निने मुख्य कारण रक्त सञ्चारमा कमि हो । जाडोमा कम पानी पिउनु पनि एक प्रमुख कारण हो । महिलाहरूले चिसो पानीमा बारम्बार हात डुबाउनुपर्ने काम गर्छन् । पानीबाट निकालेपछि हातहरूलाई हिटर वा चुलोमा सेक्न थाल्छन् ।

तपाईंको यो बानीले गर्दा पनि हात र खुट्टाका औँलाहरू रातो हुँदै निलो हुन सक्छ । कहिलेकाहीँ व्यक्तिहरू एउटै ठाउँमा बसिरहन्छन्, जसले गर्दा समस्या झन् बढ्न सक्छ ।

Comments are closed

Adv footer