२०८१ पुष २७ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापा कपको बचत २८ लाख


 बिर्तामोड, पुस २७ । झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले फुटबल सञ्चालनबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ ।

झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो ।

आयोजक समितिका सचिव चेतामणि खनालका अनुसार आम्दानीतर्फ १ करोड २ लाख १२ हजार ४०४ रुपैयाँ विभिन्न दाता, टिकट बिक्री तथा प्रायोजकबाट संकलन भएको थियो ।

यसैबीच, झापा कपलाई निरन्तरता दिँदै दोस्रो संस्करण आगामी मंसिर महिनामै आयोजना हुने झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । झापा कपको पहिलो संस्करण सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद पनि दिएका छन् ।

कार्यक्रममा प्रतियोगिता संयोजक केशवराज दाहाल र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले प्रतियोगिता सफल बनाउने सबैलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गरेका थिए ।

लिग लिडर चर्च ब्वाइज युनाइटेड झापा कपको च्याम्पियन बन्दै नगद १० लाख पाउन सफल भएको थियो । न्यू रोड टिम (एनआरटी)ले उपविजेता बन्दै ५ लाख रुपैयाँमा चित्त बुझाएको थियो ।

Comments are closed

Adv footer