बिर्तामोड, पुस २७ । नेवाः देय् दबुको चौथो झापा जिल्ला अधिवेशन तथा निर्वाचनलाई खलः पूचहरुले बहिष्कार गरेका छन् ।
झापाको बिर्तामोडमा आयोजित अधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भए पनि नेवाः देय् दबुले खलः पूचहरुलाई सम्मानजनक सहभागिता नगराउने भएपछि झापाका ७ वटा खलहरु आजबाट नै बाहिरिएको नेवाः पासा मुन पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
असन्तुष्ट पक्षले आज पत्रकार सम्मेलन गरी प्रतिनिधि छनोटमा विभेद गरेको, खल ः पुचहरुलाई सम्मानजनक व्यवहार नगरेको, वरियताका आधारमा प्रतिस्पर्धात्मक अभ्यासभन्दा आफ्नो गुट बनाएर चलेको, झापाभित्र रहेका २ हजारभन्दा बढी खलः पूचहरुलाई बेवास्ता गरेको आरोप लगाइएको छ ।
नेवाः पासा मुन पुच बिर्तामोडका अध्यक्ष श्रेष्ठले नेवारी समुदायको भावनामाथि खेलेकोमा आपत्ति जनाउँदै एकता र आफ्नो जातिगत पहिचानका लागि चाँडै नेवा खल झापा गठन गरिने बताए ।
नेवार समाज काँकरभिट्टाका अध्यक्ष कमल गुभाजुले आफूहरुले तिरेको लेबी रकम फिर्ता माग गर्दै निवेदन दिँदा ‘दादागिरी’ शैलीमा आफूहरुलाई थर्काएको आरोप लगाए । उनले संस्थामै नबस्ने भएपछि किन आफूहरुले तिरेको लेबीको पैसा फिर्ता नगरिएको भनी प्रतिप्रश्न गरेका थिए ।
चौथो जिल्ला अधिवेशन तथा निर्वाचनलाई नेवार समाज समिति काँकरभिट्टाका अध्यक्ष कमल गुभाजु, नेवाः पासा मुन पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ, नेवाः खल बाहुनडाँगीका अध्यक्ष महेन्द्र मल्ल, नेवाः समाज कल्याण गुठीका अध्यक्ष नारायण श्रेष्ठ, झिँगु समाज दमकका सचिव कमलकुमार श्रेष्ठलगायत नेवाः झिगु खल धुलाबारी, नेवाः खल बुधबारे, नेवा समाज कल्याण गुठी पृथ्वीनगरका अध्यक्ष तथा प्रतिनिधिहरुले संयुक्त हस्ताक्षर गरेको निवेदन अधिनेशनमा प्रस्तुत गर्दै बहिस्कारको धोषणा गरिएको थियो ।
Comments are closed