२०८२ असार २४ मंगलबार
Jhapa Today
Adv top

हल्दिबारी-३ को भलिबलको उपाधि विष्ट टिमलाई


भद्रपुर, पुस २७ । झापाको हल्दिबारी ३ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विष्ट भलिबल टिमले जितेको छ ।

ढडुवा युवा क्लब परिवार हल्दिबारी–३ को आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा मेचे भलिबल टिमलाई हराउँदै विष्ट टिमले उपाधि जितेको हो ।

उपाधिसँगै विष्ट टिमले नगद छ हजार र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता मेचे टिमले तीन हजार र ट्रफीमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी विष्ट भलिबल टिमका विसन विष्ट भए । प्रतियोगितामा हल्दिबारी वडा नम्बर ३ का ९ वटा टिमले सहभागिता जनाएका थिए ।

हल्दिबारी वडा नम्बर ३ को आर्थिक सहयोग रहेको प्रतियोगिताको विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष कुलबहादुर न्यौपाने, प्रमुख अतिथि वडा अध्यक्ष विष्णु ओली, वडा सदस्य कर्ण भण्डारी, अजित विष्ट, विष्णुमाया तिम्सिना ढुङ्गेल, सामाजिक अगुवा ओमप्रसाद मिश्र, रातमाटे सामुदायिक वनका अध्यक्ष जनक लामा, रणकाली सामुदायिक वनका अध्यक्ष धनबहादुर साँवा, पञ्चायत माध्यमिक विद्यालयका शिक्षक डिल्लीराम ढुङ्गेलले पुरस्कार वितरण गरेका थिए ।

वडाबाट खेलाडी छनाट, भलिबलको विकास र लागुऔषधको प्रयोग न्यूनीकरणका लागि प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव अभिषेक खतिवडाले जानकारी दिए ।

Adv footer