२०८१ पुष २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

व्यवसायी राहत कोषमा जनसम्पर्क उपाध्यक्ष भट्टराईको २१ हजार सहयोग


बिर्तामोड, पुस २८ । बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले व्यवसायी राहत कोषमा २१ हजार रुपैयाँ जम्मा गरेकी छन् ।

आफ्नो जन्मदिनको अवसरमा संघले स्थापना गरेको कोषमा उनले आज संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार १११ रुपैयाँबराबरको चेक प्रदान गरिन् ।

योसँगै भट्टराईलाई संघले कदरपत्रद्वारा सम्मान गरेको छ । व्यवसायी राहत कोष वृद्धिमा सहयोग पु¥याएको भन्दै उनलाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।

प्रगति पुस्तक भण्डार बिर्तामोडकी सञ्चालक उनी महिला उद्यमी संघ झापाकी संस्थापक हुन् भने तारा नमस्ते बालग्रामकी कोषाध्यक्ष हुन् ।

उनी जनसम्पर्क उपाध्यक्ष रहेको राजु न्यौपाने नेतृत्वको बिर्तामोड उद्योग वाािण्ज्य संघले आफ्नै कार्यकालमा एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।

यसअघि एनबी इन्टरनेसनलका सञ्चालक भरत चौधरीले समेत २१ हजार रुपैयाँ कोषमा रकम थप गरेका थिए । उनले पनि आफ्नो जन्मदिनमा व्यवसायी राहत कोषमा रकम प्रदान गरेका हुन् ।

Comments are closed

Adv footer