२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते


बिर्तामोड, माघ २ । झापाको काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धरमपुरमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

आज बिहान ६ः२० बजे शिवसताक्षी–१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे. १ ख २५४५ नम्बरको नागरिक यातायातको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

बस सडकबाट तल खस्दा बसमा रहेका ११ जना यात्रुहरु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

घाइतेहरु निम्न रहेका छन् ।
१) मोरङ विराटनगर– ३ बस्ने वर्ष ५४ का गुणा कोइराला (टाउको र दुवै हातमा चोट,अवस्था बोल्न सक्ने सामान्य )
२) ऐ.ऐ. बस्ने वर्ष ३४ की दिपा निरौला (सामान्य)
३) ऐ.ऐ. बस्ने वर्ष १७ की म्यारी निरौला(सामान्य)
४) ऐ.ऐ बस्ने वर्ष ३८ की निर्मला निरौला (सामान्य )
५) ऐ.ऐ.४ बस्ने वर्ष ५९ की शर्मिला कोइराला (ढाडमा चोट, अवस्था बोल्न सक्ने सामान्य )
६) झापा शिवसताक्षी–८ झिलझिले बस्ने वर्ष ३२ का टंक शिवाकोटी (सामान्य)
७) ऐ.ऐ. बस्ने वर्ष ३० की आन्सा फियादेन (सामान्य)
८) ऐ.ऐ बस्ने वर्ष २१ की सुमना लिम्बू (सामान्य) ९) बिर्तामोड–६ बस्ने वर्ष ५१ का पुष्पलाल अधिकारी (टाउको र दाहिने पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य)
१०) ऐ.ऐ. बस्ने वर्ष ४९ की चन्द्रकला अधिकारी (टाउकोमा र कम्मरमा चोट , अवस्था बोल्न सक्ने सामान्य)
११) कमल–६ बस्ने वर्ष ४० का शान्तिराम खतिवडा (दुवै हातमा चोट, सामान्य)

बस घटनास्थलमा रहेको, सडक अवरुद्ध नभएको र बस चालक मेचीनगर–१० धुलाबारी बस्ने वर्ष ५४ का टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Comments are closed

Adv footer