२०८२ असार २४ मंगलबार
Jhapa Today
Adv top

झापा ११ आज सिक्किममा भुटानको ट्रान्सपोर्ट एफसीसँग खेल्दै


बिर्तामोड, माघ ३ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले आज भारत सिक्किमको जोरथाङमा भुटानको प्रिमियर लिग क्लब ट्रान्सपोर्ट युनाइटेड एफसीको सामना गर्दैछ ।

माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज झापा ११ ले सेमिफाइनल प्रवेशका लागि ट्रान्सपोर्टसँग खेल्नेछ ।

झापा ११ को सुरुवाती ११ मा दिप कार्की (गोलकिपर), देवेन्द्र तामाङ, आशिष गुरुङ, सनिस श्रेष्ठ, छिरिङ गुरुङ, मणि लामा, निरज कार्कीजस्ता नेपाली राष्ट्रिय खेलाडी समावेश रहेको प्रशिक्षक सन्तोष गुरुङले झापा टुडेलाई जानकारी दिए ।

भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।

ट्रान्सपोर्टले बाइ पाएर सिधै क्वार्टर फाइनलमा स्थान बनाएको हो । माघ ८ गते हुने फाइनल खेलको विजेताले नगद २० लाख भारतीय रुपैयाँ, ट्रफी र मेडल पाउनेछ ।

Adv footer