२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बर्खा स्मृति अन्तरपालिका क्रिकेटः बिर्तामोडका खेलाडी छानिए


बिर्तामोड, माघ ३ । झापाको बुद्धशान्तिमा हुन लागेको दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बिर्तामोड नगरका खेलाडी छनोट गरिएको छ ।

बिर्तामोड-७ मा रहेको युनाइटेड क्रिकेट एकाडेमीमा भएको छनोट खेलमा १५ जना क्रिकेटर छानिएको बिर्तामोड नगरपालिकाका क्रिकेट संयोजक वेदप्रकाश अग्रवाल (विशाल) ले जानकारी दिए ।

छनोट पर्ने खेलाडीमा समिर कार्की, सिवान्स बजगाईं, भूपेश गौतम, विपिन कार्की, करण प्रधान, सुमित न्यौपाने, विजय कार्की, दिपु भूजेल, किस्जनदिप योङहाङ, कपिल महतो, वसन्त चौहान, रोहित राजवंशी, अभिषेक शर्मा, विदिश सिग्देल, दिल्सन भूजेल रहेका छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीमा विजय राम मोची, सुशान्तराज निरौला, मफुज खान र सार्थक पराजुली रहेको संयोजक अग्रवालले जानकारी दिए ।

बर्खा स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता यही माघ ११ गतेदेखि १९ गतेसम्म बुधबारेमा सञ्चालन हुँदैछ । प्रतियोगितामा झापाका १५ वटै पालिकाले सहभागिता जनाउने छन् ।

Adv footer