२०८१ माघ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा ८२५ जना गरिब !


बिर्तामोड, माघ ३ । झापाको बिर्तामोड नगरपालिकाभरि ८२५ जना गरिब भएको तथ्यांक सार्वजनिक भएको छ ।

दुई वर्षअघि बिर्तामोड नगरपालिकाले गरेको सर्भेअनुसार नगरभरि अति गरिब १८६, मध्यम गरिब ३१७ र सामान्य गरिब ३२२ जना गरी जम्मा ८२५ जना गरिब रहेको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।

नगरपालिकाले २०७८ माघ ८ देखि २०७९ असार ७ गतेसम्म ५ महिना लगाएर नगरपालिकाको १० वटै वडामा सर्भे गरेको थियो । सर्भे गर्नका लागि १७ जना गणक खटिएका थिए । सर्वे गरिएको रिपोर्ट मन्त्रालयमा पठाइएको थियो ।

गरिब परिवारको प्रारम्भिक सूचीउपर गुनासो तथा उजुरी दर्ता गराउनका लागि बिर्तामोड नगरपालिकाले १५ दिने सूचना जारी गरेको छ ।

गरिब परिवारमा समावेश हुनुपर्ने नाम प्रारम्भिक सूचीमा नपरेको वा समावेश नहुनुपर्ने नाम सूचीमा समावेश भएको पाइएमा १५ दिनभित्र उजुरी दर्ता गर्न सूचित गरिएको छ ।

सूचनामा नगरका वडा कार्यालयहरुमा गुनासो सुनुवाई अधिकारी खटिने कार्यतालिका सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाको जनसंख्या करिब १ लाख ४२ हजार रहेको छ । त्यसमध्ये करिब ५८ हजार मतदाता रहेका छन् ।

Comments are closed

Adv footer