मेचीनगर, माघ ४ । झापाको मेचीनगरमा रहको होटलमा आज बिहान १ बजे आगलागी हुँदा आठ लाख रुपैयाँको क्षति भएको छ ।
मेचीनगर १२ माइलाबारी टोलमा रहेको होटल लिटल सेफ फास्टफुड क्याफेमा आगलागी भएको हो । दामोदर दाहालको घरमा रहेको प्रदिप लिम्बूले सञ्चालन गरेको होटलमा इन्भर्टरको तार सर्ट भई अचानक आगलागी भएको हो ।
आगलागीबाट फ्रिज १ थान, र्याक १ थान, विभिन्न ब्रान्डका रक्सीहरु, गल्लामा राखिएको नगद २५ हजार, इन्भर्टर १ थान, ब्याट्री २ थान र क्याफे आंशिक रुपमा जल्दा अन्दाजी ८ आठ लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Comments are closed